फागुन २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको भूमिका आवश्यक हुने बताएका छन् । उनले अमेरिका सहभागी नभई यस्तो निर्णय गर्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरेका छन् ।

समाचार संस्था एक्सिओसलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ईरानले अमेरिका समावेश नगरी नयाँ सर्वोच्च नेता चयन गरे त्यसको कुनै अर्थ नहुने बताएका हुन् । उनले हालका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीका छोरा मोजताबा खामेनीलाई सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गरिए पनि आफूले त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।
ट्रम्पले नयाँ नेतृत्वले पनि पुरानै नीति निरन्तरता दिए आगामी वर्षहरूमा अमेरिका र ईरानबीच फेरि तनाव बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार अमेरिकाले इरानमा शान्ति र स्थिरता ल्याउने नेतृत्व चाहेको स्पष्ट गरेका छन् ।
हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच ट्रम्पको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा थप चासो बढाएको छ।