• २०८३ जेष्ठ ८ गते शुक्रवार

आचारसंहिता उल्लंघनका घटनालाई गम्भीरतापुर्वक लिएका छौं- आयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई गम्भीरतापुर्वक लिएको बताएको छ । शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन  उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताएका हुन् ।

भट्टराईले जिल्ला तहबाटै उजुरी लिने र फर्स्यौट गर्ने काम भइरहेकाले केन्द्रमा उजुरीको क्रम घटेको जानकारी दिए । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटा बाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ ।

फागुन २१ गते हुने निर्वाचनका लागि ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस