• २०८३ जेष्ठ १० गते आइतवार

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति माया प्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्वन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कार्की ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ( स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस