• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बीमा कम्पनीहरुलाई सबै भुक्तानी विद्युतीय माध्यमबाट गर्न प्राधिकरणको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, काठमाडौँ ।    बीमा प्राधिकरणले सञ्चालनमा रहेका बीमा कम्पनीहरुले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम (बैंकिङ प्रणाली) बाट गर्न निर्देशन दिएको छ ।

मंगलबार प्राधिकरणले परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले निर्देशनमा भनेको छ- ‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरु माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ ।’

हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा कम्पनी तथा इजाजत प्राप्त बीमा दलालहरु सञ्चालनमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस