• २०८३ बैशाख ११ गते शुक्रवार

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक दिउसो २ बजेदेखि शुरु हुदै छ ।

आजको बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने लगायतका एजेण्डामा छलफल हुने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस