• २०८३ भाद्र २० गते शनिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १२८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

मिति २०८३ भदौ १९ गतेको २४ घण्टाको सवारी दुर्घटना विवरण

त्यस्तै देशभर भएका दुर्घटनामा १२८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा ३० जना, काठमाडौँ उपत्यकामा १३ जना, सुदूरपश्चिममा २२ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, कर्णालीमा ७ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस