आज वि.सं. २०८३ भदौ २० गते शनिबार, इ.सं. २०२६ सेप्टेम्बर ०५, ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको नवमी तिथि, नक्षत्रः मृगशिरा, चन्द्रमा वृष राशिमा, सूर्य सिंह राशिमा, योगः वज्र, करणः तैतिल। आज गोगा नवमी र विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा हुनेछ। आज नेपालमा सूर्योदय बिहान ५ः४५ बजे र सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ। आज शनिदेवका लागि व्रत, दान र ध्यान गर्नाले शुभ फल प्राप्त हुन्छ। शनिचालीसा वा हनुमानचालीसाको पाठ गरेमा तथा शनिका लागि जप र दान गरेमा रोकिएका सम्पूर्ण कार्यहरू बन्नेछन् र न्याय प्राप्त हुनेछ। आज आफ्नो विचार र कर्मलाई शुद्ध गर्दा शुभ हुन्छ।

मेष राशि: दिन सामान्य रहनेछ। घरायसी व्यवहार मिलाउनुपर्नेमा समय खर्च हुनेछ। नयाँ लगानी गर्ने राम्रो समय छैन, धन फस्ने सम्भावना छ। आज बिहान गाईलाई पुरी खुवाएर दिनको शुभारम्भ गर्नुहोला।
शुभ रङ: गुलाबी | शुभ अङ्क: ६
वृष राशि: कामको अवसर पाइनेछ। आर्थिक उन्नति होला। प्रेममा विवाद उत्पन्न हुनसक्छ। साँझतिर मानसिक तनाव बढ्नेछ र निद्रा बिग्रन सक्छ। आज रातो रुमाल दान गरेर दिनको शुभारम्भ गर्नुहोला।
शुभ रङ: सेतो | शुभ अङ्क: ९
मिथुन राशि: केही महत्त्वपूर्ण कार्य गर्नुपरेमा बिहान ११ः३० बजेभित्र गर्नुहोला। बेलुका लामो दूरीको यात्रामा ननिस्कनुहोला। सामान्य झमेला र चोटपटकको योग छ। आज हरियो वस्तुको प्रयोग गर्नुहोला।
शुभ रङ: हल्का रातो | शुभ अङ्क: १६
कर्कट राशि: नोकरी र व्यापारमा सफलता प्राप्त हुनेछ। समृद्धि बढ्ने योग छ। मन चञ्चल रहला। आफन्तबाट हेलामा परिने समय छ, ख्याल गर्नुहोला। अष्टगन्धको टीका लगाएर दिनको सुरुवात गर्नुहोला।
शुभ रङ: पहेँलो | शुभ अङ्क: २
सिंह राशि: खानपिनमा विशेष ध्यान दिनुहोला। बोलीको प्रभाव पनि कमजोर रहनेछ। आमाबुवाप्रति सम्मान बढ्नेछ। बिहानतिर टाढाको यात्रा नगर्नुहोला। गरिबलाई भोजन र कपडा दान गर्न आज शुभ दिन छ।
शुभ रङ: निलो | शुभ अङ्क: ८
कन्या राशि: रुचिअनुसार खानपिन नहुन सक्छ। व्यापार र नोकरीमा सामान्य प्रगति देखिन्छ। मन उदास हुनेछ। आफ्नो इष्टदेवतालाई सम्झेर पहेँलो फूल चढाएर दिनको सुरुवात गर्नुहोला।
शुभ रङ: बैजनी | शुभ अङ्क: १४
तुला राशि: अपजस पाउने योग छ, त्यसैले आज संयम रहनुहोला। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। आमाबुवाको सेवा गर्नुहोला र खराब खानपिनबाट जोगिनुहोला।
शुभ रङ: कालो | शुभ अङ्क: ११
वृश्चिक राशि: बिहानको समयमा सामान्यतया आलस्य भए पनि दिउँसोदेखि फुर्तिलोपना आउनेछ। धन, विद्या र बुद्धिमा प्रगति देखिन्छ। आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ। कुकुरलाई खानेकुरा दिनुहोला।
शुभ रङ: सेतो | शुभ अङ्क: २
धनु राशि: सन्तानको पिरले सताउनेछ। दिन सामान्य र नियमित कार्यमा बित्नेछ। नयाँ काम गर्ने अवसर छैन। आमाबुवाको सेवा गर्ने अवसर पाइएला। आज पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला।
शुभ रङ: पहेँलो | शुभ अङ्क: १२
मकर राशि: दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ। धार्मिक कार्य गर्ने अवसर पाइनेछ। बोलीमा संयम राख्नुहोला, भेटघाटका प्रशस्त अवसर प्राप्त हुनेछन्। निलो वस्तुको प्रयोग गर्नुहोला।
शुभ रङ: हरियो | शुभ अङ्क: ५
कुम्भ राशि: दिउँसो स्वास्थ्यमा सामान्य गडबडी आउनेछ। साँझको समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। आज कापी-कलम दान गर्नु शुभ हुनेछ।
शुभ रङ: निलो | शुभ अङ्क: ४
मीन राशि: पढाइलेखाइमा मन जानेछ। व्यापारमा प्रगति हुनेछ। सामाजिक कार्यमा मन जानेछ र मन प्रसन्न रहनेछ। आज माता लक्ष्मीको पूजा/सेवा गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।
शुभ रङ: गुलाबी | शुभ अङ्क: ११
(उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)