• २०८३ साउन २४ गते आइतवार

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली राजदूत पार्कको बिदाई भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले बिदाई भेट गरेका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्न राजदूत पार्कले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

राजदूत पार्कले आफ्नो कार्यकालभर नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोग, सद्भाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस