• २०८३ जेष्ठ २२ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२,धादिङ । धादिङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय बिकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस