• २०८३ बैशाख ११ गते शुक्रवार

नव निर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनियताको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । नव निर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । सो अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायतका विशिष्ट व्याक्थारूको उपस्थिति रहेको थियो ।

अर्याल आजै प्रतिनिधि सभाबाट सभामुखमा निर्बिरोध निर्वाचित भएका थिए । शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस