फागुन २१, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ-७ टोक्सेलमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि कोहि मतदाता नआएको मतदान अधिकृत प्रवासी राईले जानकारी दिएकी छन् ।

सो केन्द्रबाट केन्द्रमा खटिएका चार कर्मचारीले समानुपातिकतर्फ मात्र मतदान गरेका छन् । स्थानीयले हर्कपुरमा प्रादेशिक अस्पताल नबनेकोमा असन्तुष्टि जनाउँदै मतदान बहिस्कार गर्ने सामुहिक निर्णय गरेका थिए । यस केन्द्रमा कुल मतदाता महिला ३२९ र पुरुष ३७२ गरेर ७०१ मतदाता रहेका छन् ।