• २०८३ बैशाख ३० गते बुधवार

संविधान संशोधनका लागि मेरो उम्मेदवारी– ईश्वर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि काठमाडौं–५ बाट उम्मेदवारी दिएको घोषणा गर्दै जनतालाई सुझाव मागेका छन्। पोखरेल सोही क्षेत्रमा २०५६ सालदेखि नै राजनीतिक सक्रियताका साथ उम्मेदवार हुँदै आएका हुन् र गत निर्वाचनमा पराजित भएका थिए।

पोखरेलले भने, “नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणतर्फ अघि बढाउने उद्देश्यसहित म आगामी निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट काठमाडौं–५ बाट उम्मेदवार छु।”

उहाँले सो क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता व्यक्त गर्दै भनेका छन् कि, “तपाईंका सृजनात्मक र उपयोगी सुझावले मेरो योजनालाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु।”

Sharing

प्रतिक्रिया दिनुहोस