• २०८३ बैशाख ४ गते शुक्रवार

कार्यालय सहायकमा नक्कली नियुक्ति पत्र प्रकरणमा दुई जनाविरुद्ध मुद्धा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २१,  काठमाडौँ ।  सर्लाहीको साविक हरिपूर्वा गाबिसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सहायक पदमा नियुक्ति दिदा सरकार नियुक्ति पत्र सच्याएर उमेर नपुगेका यादवलाई नियुक्ति दिएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले दुवैलाई कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस