पुष २१, काठमाडौँ । नेकपा एमाले मुगुले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राज बहादुर कार्की सहित ६ जनाको नाम सिफारिस गरेको छ । २०७९ सालमा भएको चुनावमा निवर्तमान वनमन्त्री ऐन बहादुर शाही सँग राज बहादुर कार्की पराजित भएका थिए ।

आइतबार सदरमुकाम गमगढी बजारमा सम्पन्न बैठकले आसन्न फागुन २१ को निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।बैठकले राज बहादुर कार्की , बर्तमान जिल्ला पार्टी अध्यक्ष पुर्णबहादुर रोकाया , बलचन्द्र बिश्वकर्मा , गोपाल बहादुर बम र खड्कराज मल्लको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटीका सचिव सुरेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार महिला तर्फ कर्णसिला मल्ल र जानदेवि भामलाई सिफारिस गरेको बताए ।
कमिटीले सिफारिस गरेका मध्ये महिला तर्फ कर्णसिशला मल्ल तत्कालिन जिल्ला समन्वय समितिकी उपप्रमुख हुन भने राज बहादुर कार्की २०७९ सालमा पराजित भएका उम्मेदवार हुन । त्यस्तै पुर्ण बहादुर रोकाया जिल्ला कमिति अध्यक्ष हुन । त्यस्तै गोपाल बम पुर्व संघिय सांसद पनि हुन ।