• २०८३ असोज १८ गते आइतवार

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७६४ रुपैयाँ कायम भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस