• २०८३ कार्तिक १३ गते बिहिवार

धनगढीमा ‘निःशुल्क स्वास्थ्य शिविर’ आयोजना हुँदै

लोकराज जोशी पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, धनगढी । नेपाली कांग्रेस क्षेत्र नं. ५, कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका–१० स्थित तिलनपुर शिविरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आयोजकका अनुसार २०८३ भदौ २० गते शनिबार बिहान ८ बजेदेखि शिविर सञ्चालन हुनेछ। शिविरमा स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्यसम्बन्धी सेवा तथा परामर्श निःशुल्क रूपमा प्राप्त गर्ने जनाइएको छ।

शिविर सञ्चालनका लागि कैलाली अस्पताल प्रा.लि., धनगढी र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, धनगढीले सहयोग गर्ने भएका छन्।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकले स्थानीय नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस