भदौ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने कोशीमा १६ जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३८ जना, कर्णालीमा ४ जना र गण्डकीमा २ जना घाइते भएका छन् ।
