वैशाख २१, काठमाडौं । अल नासर जारी साउदी प्रो लिगमा अल कादसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल कादसियासँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

अल कादसियाको जितमा मोहमद वहीब, मुसाब फाहिद र जुलियन क्युनोनेजले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल जोआओ फेलिक्सले गरेका थिए ।
लिग जित्ने तयारीमा रहेको अल नासरका लागि यो हार धक्काको रुपमा हेरिएको छ । यो हारपछि अल नासरको ३१ खेलमा ७९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३० खेलमा ७४ अंक रहेको छ । अब अल नासरले लिगमा ३ खेल खेल्न बाँकी रहेको छ ।
त्यसैगरी अल कादसियाको भने ३१ खेलमा ६८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।