• २०८३ बैशाख २९ गते मङ्गलवार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए ।

जापान भ्रमणको क्रममा राष्ट्रपति पौडेलले मंगलबार जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए ।

त्यस्तै उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए । साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए ।

भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस