• २०८३ बैशाख ७ गते सोमवार

बालेन शाह रास्वपाको केन्द्रीय सदस्यमा मनोनित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।    काठमाडौँ महानगरका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बनेका छन् ।

आइतबार बसेको रास्वपाको ५९औं केन्द्रीय समितिको बैठकले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपाको आजको बैठक विवेकशील साझापार्टीबाट थपिएका नयाँ ७ केन्द्रीय सदस्यसहित बसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस