• २०८३ जेष्ठ ३० गते शनिवार

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।     नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसले सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काँग्रेसमा महाधिवेशनको विवाद चर्किदै जादा विशेष महाधिवेशन पक्षधरले पुस मसान्त भित्रनै विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका बेला काँग्रेसको यो बैठकलाई महत्वका साथ हेरिएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरु निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै नयाँ कार्यसूची पारित गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि काँग्रेस विभाजनतर्फ उन्मुख्य भएको विश्लेषण भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस