• २०८३ कार्तिक १८ गते मङ्गलवार

अखिल नेपाल कबड्डी संघको बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । अखिल नेपाल कबड्डी संघको बैठकले आगामी मंसिर ४ देखि ९ गतेसम्म आयोजना हुने फोर नेसन कप तथा दशौँ राष्ट्रिय कबड्डी प्रतियोगिता, सुर्खेतलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले दुवै प्रतियोगिताको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गर्नुका साथै प्राविधिक समिति, केन्द्रीय प्रतिनिधि परिचालनलगायतका आवश्यक विषयमा निर्णय गरेको छ।

मंसिर महिनामा आयोजना हुने यी दुवै प्रतियोगिता नेपाली कबड्डीका लागि गौरव र चुनौतीका अवसर रहेको संघले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन संघ प्रतिबद्ध रहेको संघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस