• २०८३ भाद्र १८ गते बिहिवार

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं ।  मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको हो ।

मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस