साउन १८ , काठमाडौं । गोलबजार (सिरहा) । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ ।

सोमबार चोहर्वा हाटबजार सञ्चालनमा आएको छ भने पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधनको आवागमन नियमित भएको छ । बजारका अधिकांश पसल खुलेका छन् र सर्वसाधारणको चहलपहल पनि बढेको देखिएको छ । सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
केही दिनअघि सिरहासहित तराईका विभिन्न क्षेत्रमा दुई समुदायबीच