• २०८३ साउन १८ गते सोमवार

धनुषामा निषेधाज्ञा हट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सूचना जारी गर्दै सोमबार बिहान ५ बजेदेखि जिल्लाका सबै क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएका हुन् ।

प्रशासनले आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र जिल्लाको सुरक्षा व्यवस्था तथा जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाएको बताएको छ ।

latter.jpeg

Sharing

प्रतिक्रिया दिनुहोस