• २०८३ जेष्ठ २० गते बुधवार

डन- ३ विवाद: अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई कानुनी नोटिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले पश्चिम भारत चलचित्र कर्मचारी महासंघलाई कानुनी नोटिस पठाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले जुन २ मा उक्त नोटिस पठाएका हुन् ।

नोटिसमा उनले माग गरेको विषय स्पष्ट गरिएको छैन । तर यसअघि मे २५ मा महासंघले रणवीर सिंहविरुद्ध असहयोगको निर्णय गर्दै आफ्ना सबै सदस्यलाई उनको कुनै पनि परियोजनामा काम नगर्न दिएको निर्देशनको विषयमा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो विवाद फिल्म डन ३ सँग जोडिएको छ । उक्त फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्ट हो, जसका प्रमुख निर्देशक फरहान अख्तर हुन् ।

रणवीर सिंहले फिल्म छोडेपछि बढेको विवाद अब कानुनी झमेलामा प्रवेश गरेको छ । निर्माण पक्षले रणवीर सिंहले फिल्म छोडेपछि ४५ करोड क्षति भएको भन्दै क्षतिपुर्ति माग गरेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस