वैशाख २०, काठमाडौं । सांसद आशिका तामाङले किर्तिपुरस्थित सुकुम्बासीको होल्डिङ सेन्टरको अनुगमन गरेपछि बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनीहरुले भर्ना हुन नपाएको भन्दै आशिकासँग गुनासो गरेका थिए । होल्डिङ सेन्टरमा १५ बर्षभन्दा मुनीका ६१ जना बालबालिका रहेको उनले बताएकी छन् ।
उनले सुकुम्बासीको व्यवस्थापन गर्न कति समय लाग्छ भन्ने निश्चित नभएको भन्दै बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकारको ध्यानआकर्षण गराएकी छन् ।