• २०८३ मङ्सिर ५ गते शुक्रवार

विश्वकप वार्मअप: युएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको हो ।

युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन बनाएका थिए । त्यस्तै आर्यांश शर्माले २५ रन बनाएका थिए भने मुहमद जोहैबले १९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस