• २०८३ असोज १६ गते शुक्रवार

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीमाथि कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८२१ वटा सवारी तथा चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे ५३, सिसिटिभीबाट ५९, रेड लाइट उल्लंघन ३९, तीव्र गति १०४ र हर्न निषेध उल्लंघन १२ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै लेन अनुशासन उल्लंघनमा ७, अवस्था ठीक नभएको ३४, एकतर्फी सडक उल्लंघनमा ३ तथा अन्य कसुरमा ५१० जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना गराउन नियमित अनुगमन तथा कारबाही गर्दै आएको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस