• २०८३ भाद्र १७ गते बुधवार

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस