• २०८३ साउन १७ गते आइतवार

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १७ , काठमाडौं ।   सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १७ गते बिहान ९: ३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ ।

प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ । यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस