वैशाख १९, काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २२६ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ७५ रन बनाएका थिए भने पाथुम निसान्काले ६२ रन बनाएका थिए । त्यस्तै नितिस रानाले ३३ र आशुतोष शर्माले २५ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले कप्तान रियान परागको ९०, डोनोभान फरेराले अविजित ४७ र ध्रुव जुरेलको ४२ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाउदै २२५ रन बनाएको थियो ।
यो दिल्लीको ९ खेलमा चौथो जित हो । यो जितपछि दिल्ली ८ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानको १० खेलमा १२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।
जारि आइपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ ।