• २०८३ असार १९ गते शुक्रवार

काठमाडौँ महानगरमा दिउसो खाजा समयमा सेवा नियमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मध्यान्ह खाजाको समयमा पनि सेवा प्रवाह अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ । महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयबाट दिइने सेवाहरू खाजाको समयमा कर्मचारीलाई आलोपालो जिम्मेवारी बाँडफाँट गरेर निरन्तर सञ्चालन गरिएको महानगरले जानकारी दिएको छ ।

सेवाग्राहीलाई कुनै पनि समयमा सेवा लिन असहज नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ । यसैबीच, सेवा प्रवाह सम्बन्धी कुनै गुनासो भए टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी गुनासो दर्ता गर्न महानगरले आग्रह गरेको छ । साथै गुनासो सुनुवाइ प्रक्रियामा पनि चासो राख्न अनुरोध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस