• २०८३ जेष्ठ ६ गते बुधवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस