फागुन १८, मुगु। आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मुगुमा आज नेपाली सेनाले मोटरसाइकल सहित गस्ती गरेको छ । हनुमान ध्वज गुल्म हुटु राराले कर्णाली राजमार्ग तथा सदरमुकाम गमगढि लगायत स्थानहरुमा गस्ती गरेकाे हाे ।

शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मुगु जिल्लामा तैनाथ नेपाली सेनाले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ । निर्वाचनलाई लक्षित गर्दै सेनाले सवारी साधन माेटरसाईकल सहित व्यापक गस्ती तथा निगरानी बढाएको छ । जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गरी सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाइएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको श्री नेपाली सेना हनुमान ध्वज गुल्म राराका सेनानी खड्ग बहादुर श्रेष्ठले बताए । उनका अनुसार
मतदान केन्द्रहरू वरपर विशेष निगरानी राखिएको तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए । श्री हनुमान ध्वज गुल्म राराका सबै ४ स्थानीय तहमा तैनाथ रहेको छ ।
सेनानी श्रेष्ठकाे कमान्डमा साेमबार ५ वटा माेटरसाईकलमा १० जना नेपाली सेना परिचालन भई मुगुका विभिन्न स्थानमा सयुत्त गस्ती गरेकाे थियाे ।