• २०८३ जेष्ठ ३० गते शनिवार

इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको फ्युल सरचार्ज घटाएको छ । प्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर शुक्रबारदेखि लागू भएको छ ।

नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा प्रति लिटर ६ रुपैयाँ घटाउने निर्णय गरे यसअघि प्रति लिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य अहिले घटेर १२८ रुपैयाँ कायम भएको थियो ।

प्राधिकरणका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा २१० ले घटेको छ भने काठमाडौं–भद्रपुरको भाडा १८० रुपैयाँले, काठमाडौं- पोखराको भाडा ९५ रुपैयाँले, काठमाडौँ- विराटनगरको १४० रुपैयाँले घटेको छ । त्यस्तै भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको प्राधिकरणले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस