• २०८३ जेष्ठ २६ गते मङ्गलवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा पाँच जनाको फरक मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बैशाखमा महाधिवेशन गर्ने निर्णयमा पाँच जनाले फरक मत राखेका छन् ।

यसअघि पुस २६-२८ गतेसम्मको तोकिएको महाधिवेशन तालिका कार्यान्वयन हुन नसकेपछि प्रस्ताव गरिएको वैशाख २८-३१ मा महाधिवेशन गर्ने प्रस्तावमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेता अर्जुननरसिंह केसी, फरमुल्लाह मनसुर र उमा रेग्मीले फरक मत राखेका हुन् । उनीहरुले फरक मत राखेपनि शुक्रबारको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकपछि महामन्त्री थापाले भने पुस मसान्त भित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् । उनले सभापतिले केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको निर्णय नगरे दुवै महामन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दै विशेष महाधिवेशन पुस मसान्त भित्र नै गर्ने स्पष्ट गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस