• २०८३ बैशाख २२ गते मङ्गलवार

काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।   नेपाली कांग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नेगरि पेश गरेको कार्यतालिका पारित भएको प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिएका हुन् ।

नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका छ ।

साथै कार्यवाहक सभापति खड्काले काँग्रेसको विधानको धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव पारित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस