• २०८३ असार १ गते सोमवार

टोटी खोलामा पक्की पुल निर्माण थालियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं ।     शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले राससलाई दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस