• २०८३ भाद्र १७ गते बुधवार

वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् । प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले शवहरुलाई बाहिर निकाल्ने काम भइरहेको जानकारी दिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट सो घर पुरै डुबानमा परेको थियो । घरमा रहेका शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको र कसको घर हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरीले शवहरु हेलिकप्टरबाट बाहिर ल्याएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस