असार १७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जना र कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १९ जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ४३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १३ जना घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा १३ जना, कर्णाली प्रदेशमा ७ जना, सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।