• २०८३ बैशाख १८ गते शुक्रवार

इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ । इरानी मिडिया आइएलएनएले शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको जनाएको हो ।

समाचारअनुसार इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणका क्रममा तेहरानको उत्तर-पूर्वी क्षेत्र नारनाकस्थित उनको निवासलाई निशाना बनाइएको थियो । उक्त आक्रमणमा अहमदिनेजादसँगै उनका केही सुरक्षाकर्मी पनि मारिएको दाबी गरिएको छ ।

अमेरिका-इजरायलको आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस