फागुन १७, काठमाडौं । इरानको आक्रमणमा इजरायलको बेइत शेमेश शहरमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलपछि कम्तिमा ६ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएका छन् ।

इजरायली सेनाले आक्रमणपछि उद्धार तथा राहत कार्य तीव्र बनाइएको जनाएको छ । खोज तथा उद्धार टोली, स्वास्थ्यकर्मी र हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार तथा उपचारको काम भइरहेको बताइएको छ । बेइत शेमेश शहर राजधानी यरुशलमबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको क्षेत्र हो । आक्रमणपछि उक्त क्षेत्रमा त्रासपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ ।