• २०८३ असार १२ गते शुक्रवार

एल्चेमाथि बार्सिलोनाको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जित,मा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एक गोल अल्भारो रोड्रीगेजले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २२ खेलमा ५५ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ५१ अंक रहेको छ । त्यसैगरी एल्चेको२२ खेलमा २४ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस