• २०८३ बैशाख २३ गते बुधवार

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पौष १७, काठमाडौं ।  पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ ।
सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिनुभयो । गत भदौ १५ गते वर्षासँगै आएको पहिराले दुवै जनाको घर भत्किएको थियो । त्यसयता उहाँहरु सतबाँझमा आफन्तकहाँ बस्दैआउनुभएको थियो ।
घरवारविहिन रेखा एकल महिला हुनुहुन्छ । दुवै जनालाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताउनुभयो । सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । यसअघि पहिरोे प्रभावित परिवारलाई सुर्नया गाउँपालिकाले खाद्यान्न, लत्ताकपडाका साथै जनही रु ५० हजार सहयोग गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस