• २०८३ बैशाख २८ गते सोमवार

मोरङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं ।   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोरङको मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको कान्कारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस