• २०८३ बैशाख २३ गते बुधवार

सशस्त्रका डीएसपी कोइरालाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं ।   सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् ।  बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए ।

लगत्तै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

कोइराला एक महिना अघिमात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस