• २०८३ बैशाख ११ गते शुक्रवार

एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ‘त’ को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।

एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस