• २०८३ जेष्ठ ३ गते आइतवार

नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं ।  ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङसी होङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेमा खुशी प्रकट गर्दै यसबाट नेपाल–चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको महावाणिज्य दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

साथै उहाँहरूबीच दुई देशबीचका सबै सीमानाकालाई व्यवस्थित गर्ने, नाकामा हुने आयातनिर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था बलियो बनाउने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस