• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध, घरबाट निस्कने फोहोर कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला घर कम्पाउण्डमा सुरक्षित राख्न आग्रह गरेको छ । महानगरपाकिाकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो घरबाट निस्किएको फोहोरमैला घर कम्पाउण्डमा नै सुरक्षित तवरणले राख्न आग्रह गरेको हो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएको कारण हालका लागि फोहोर संकलन तथा विसर्जन गर्न नसकिएको हो । महानगरले अर्को सूचना प्रकाशित नभएसम्म घर, कम्पनी तथा संस्थाहरूले आफ्नो फोहोर अस्थायी रूपमा सुरक्षित राख्न आग्रह गर्दै सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको र स्वच्छता कायम राख्न सबैलाई अनुरोध गरेको छ ।

यसैबीच बन्चरेडाँडामा फोहोर फाल्न अवरोध भएको विषयमा स्थानीय, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयबीच छलफल भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस